सेती नदीको नहरमा खसेर कैलालीका पौडेलको मृत्यु

पाेखरा | पुस २५, २०८१

सेती नदीको नहरमा खसेर कैलालीका पौडेलको मृत्यु

पोखरा महानगरपालिका–१६ दिपहाउजिङ तल रहेको सेती नदीको नहरमा खस्दा १ युवकको मृत्यु भएको छ ।

 

कास्की प्रहरीका अनुसार मृत्यु हुनेमा कैलालीको धनगढी स्थायी घर भई पोखरा–१९ लामाचौरमा बस्ने २१ वर्षीय संगम पौडेल रहेका छन् ।

 

उनी पश्चिममाञ्चल इन्जिनियरिङ क्याम्पस (डब्लूआरसी) लामाचौरमा अध्ययनरत थिए ।

 

प्रहरीका अनुसार हिजो (बुधबार) बेलुकी करिब सवा ७ बजे सेतीको नहरमा युवक खसेको सूचनापछि सशस्त्र प्रहरी बल कालीका गणबाट उद्धार टोली खटिएको थियो । 

 

४ जना गोताखोरसहित ९ जनाको विशेष विपद् व्यवस्थापन टोलीले पौडेलको शव करिब २० मिनेटमै फेला पारेको थियो ।

 

पौडेल नहरमा कसरी पुगे भन्ने विषयमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
 

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्